श्रम संस्कृती पार्टी पोर्चुगल शाखाको टीसर्ट सार्वजनिक गरिएको छ।
पोर्चुगलको लिस्वनमा एक कार्यक्रमकाबिच टिसर्ट सार्वजनिक गरिएको हो। खासगरी प्रवासमा पार्टीको पहिचानलाई थप विस्तार गर्ने र सम्पूर्ण नेपालीहरूमाझ श्रम बिना उन्नति सम्भव छैन भन्ने मान्यतालाई स्थापित गर्न पार्टीको नाम,लोगो र सिद्धान्त सहितको टिसर्ट प्रयोगमा ल्याइएको हो।
पोर्चुगल शाखाका अध्यक्ष विकास आलेले एक कुराकानी क्रममा नमूना नेपाललाई भने:”प्रमुख उद्देश्य त राजनीति एजेन्डालाई प्रवासी नेपाली माझ स्पष्ट पार्नुनै हो ।
अर्कोतर्फ विशेषगरि भुइँतहका जनता (Grassroots) सँग जोडीने,श्रमशील समाजको निर्माण अभियानमा आम नागरिकलाई आकर्षित गर्ने उद्देश्य रहेको छ”।यो अभियान निरन्तर जारी रहने आलेको भनाई छ।
