नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजीन राईलाई एक विशेष कार्यक्रमका बिच सम्मान गरिएको छ।
नेपाली राजदूतावास लिस्वन पोर्चुगलद्वारा आयोजना गरिएको पत्रकारहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमका क्रममा अध्यक्ष राई सम्मानित भएका हुन्।
पोर्चुगलको पुरानो सामाजिक संस्था Brilhante Himalaya Associação Cultural Nepal Portugal ले नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष राईलाई विशेष सम्मान गरेको हो।
संस्थाले नगद ५०१ युरो सहित कदर–पत्र प्रदान गरेको हो। महामहिम राजुद प्रकाशमणि पौडेलले कदर पत्र प्रदान गर्दै अध्यक्ष राईको लामो समयदेखि पत्रकारीमा पुर्याएको योगदानको उच्च प्रशंसा गरेका थिए।
खासगरी प्रवासमा रहेर नेपाली पत्रकारितामा उनले पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको सस्थाका सस्थापक अध्यक्ष रमेशराज बास्तोलाले जानकारी दिए।
कदर–पत्रमा पत्रकारीता क्षेत्रमा उनको नेतृत्वदायी भूमिका, स्वतन्त्र पत्रकारिताको प्रवर्द्धन तथा समुदायप्रति देखाएको समर्पणको प्रशंसा गरिएको उल्लेख गरिएको छ।
