एन्त्रोपेन (बेल्जियम) —
बेल्जियमको सुन्दर नगरी एन्त्रोपेनमा नेपालीहरूको एक बृहत् भेलाले ‘श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन गरेको छ ।
जेन्जी आन्दोलन पश्चात् स्थापना भएको यस पार्टीमा आस्था राख्ने नेपालीहरू बीच प्रवासमा पार्टीका गतिविधि र एजेन्डालाई सक्रिय बनाउन गहन छलफल गरी यो नयाँ कार्यसमिति चयन गरिएको हो ।
जेष्ठ नागरिक तथा श्रम अगुवा श्रमदाता धन कुमार राईको अध्यक्षतामा सम्पन्न उक्त भेलामा श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष आशा लामा, केन्द्रीय महासचिव आरेन राई र केन्द्रीय सचिव ब्रिदिम शर्मा लगायतका नेतृत्वसँग प्रत्यक्ष भिडियो लाइभमार्फत शुभकामना प्रदान गरिएको थियो ।
समितिको नेतृत्व चयन गर्ने क्रममा वाईबी गुरुङलाई संयोजकको जिम्मेवारी सुम्पिएको छ । त्यसैगरी सह-संयोजकहरूमा कुल मगर, सन्तोष खड्का, सोनाम शेर्पा र लक्ष्मी कुमार पाठक रहनुभएको छ भने महासचिवको भूमिकामा कमल गुरुङ र सचिब गंगा ईदिङ्गो लिम्बुलाई चयन गरिएको छ । समितिको कोषाध्यक्षमा सबनम राई र सह-कोषाध्यक्षमा सन्देश राई रहनुभएको छ ।
समितिका सदस्यहरूमा बल बहादुर लिम्बु, तारा गुरुङ (राई), लाक्पा डिमा शेर्पा, अनिश बमरेल मगर, बिनोद महर्जन, राम कुमार राई, रिना गुरुङ, मालती राई, ओम थारू, बिन्दु गौतम, भिम राई, भविन राई, अनिता गुरुङ, जुनु राई, सृजना मगर, नन्दा गुरुङ, शुष्मा गुरुङ, उर्मिला राई, श्रेया राई, गोपाल साम्पांग , इन्दिरा चाम्लिङ, राजन राई र सुबास चामलिङ कोत्रिक रहनुभएको छ ।
समिति गठनसँगै सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले दार्चुलामा निर्माणाधीन झोलुङ्गे पुलका लागि आर्थिक सहयोग समेत संकलन गरिएको छ । कोषाध्यक्ष सबनम राईको पहलमा १ हजार ८ सय १९ युरो र सुबिन राईको पहलमा ९ सय ३०.९९ युरो गरी जम्मा २७४९.९९ युरो संकलन भएको छ, जुन नेपाली रुपैयाँ ४ लाख ७८ हजार ४ सय ९८ हुन आउँछ ।
उक्त रकम दार्चुलाको पुल निर्माणका लागि पार्टीको केन्द्रीय कार्यालयलाई हस्तान्तरण गरिसकिएको छ । यसका साथै पुल निर्माणकै क्रममा खटिने टोलीको खाजा र पानीका लागि समेत थप रकम संकलन भएको र उक्त रकम पनि छिट्टै केन्द्रलाई हस्तान्तरण गरिने जानकारी समितिले दिएको छ । प्रवासमा रहेर पनि आफ्नो देशको पूर्वाधार विकासमा सहयोग पुर्याउने यो कार्यको सबैतिरबाट प्रशंसा भइरहेको छ ।
