पोर्चुगलको लिस्वनमा नेपाली पत्रकारिता सम्बन्धि विशेष बहस हुने भएको छ।
नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजनामा केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई लिस्वनमा विशेष स्वागत गरिने छ भने सोही अवसरमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पनि हुने छ।
युरोपको नेपाली पत्रकारितामा युरोप शाखा-केन्द्रको भूमिका र दायित्व विषयमा विश्लेषणात्मक अन्तरक्रिया हुने छ।
खासगरी नेपाली पत्रकारहरुले युरोपमा समाचार सम्प्रेषण मार्फत पुर्याएको योगदान,जिम्मेवारी एवं कठिनाइका सन्दर्भमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।
कार्यतालिका अनुसार कार्यक्रम ९ मे २०२६ शनिवार साझ ७:३० बजेदेखि ९:३० बजेसम्म लिस्वनमा रहेको Food Venture Ramen Restaurant मा आयोजना हुने छ।
सो कार्यक्रममा पोर्चुगलमा क्रीयासिल संघ -सस्था,व्यबसायी,बुद्धिजीवी ,पत्रकार एवं सम्पूर्ण जागरुप नेपालीहरुलाई उपस्थितिको लागि यसै सूचना मार्फत अनुरोध गरिएको छ।
