स्पेनीस स्टार लामिन आमाको प्रेणादायी संघर्षबाटनै फुटबलको चम्किला स्टार बनेका छन्।लामीन जन्मिएको केही बर्षमै बुबा र आमाको सम्बन्धमा दरार आएपछि उनीहरु अल्गिएका थिए।
“मेरी आमाले १६ वर्षकै उमेरमा मलाई जन्म दिनुभयो, त्यो नै वास्तविक दबाब थियो। मेरा बुबाले परिवारको पेट पाल्न सडकबाट सामान उठाएर काम गर्नुपर्थ्यो। त्यो नै संघर्ष हो। मैले त फुटबल खेल्नु मात्र छ।” – लामिन यामाल
यी शब्दहरूले जीवनलाई हेर्ने दृष्टिकोण नै बदलिदिन्छन्।
लामिन यामालकी आमा शिला एबाना र बुबा मुनिर नसराउई किशोरावस्थामै अभिभावक बनेका थिए। लामिन तीन वर्षका हुँदा उनीहरू अलग भए, त्यसपछि शिला एबानाले उनलाई हुर्काउन निकै संघर्ष गरिन्।
रिपोर्टहरूका अनुसार, छोराको पालनपोषण गर्न उनले फास्ट फुड रेस्टुरेन्टमा काम गरिन्। सानो घरमा, जहाँ भान्सा र सुत्ने कोठा एउटै ठाउँमा थियो, त्यहीँबाट लामिनले आफ्नो सपना पछ्याउन थाले। पछि उनी बार्सिलोनाको प्रसिद्ध ला मासिया एकेडेमीमा पुगे र आज विश्व फुटबलका चम्किला स्टार बनेका छन्।
लामिन भन्छन्, “आज मेरी आमा खुसी भएको देख्दा र मेरो सानो भाइले मैले चाहेजस्तो बाल्यकाल बिताइरहेको देख्दा नै म सबैभन्दा खुसी हुन्छु।”
साँचो च्याम्पियन केवल प्रतिभाले होइन, परिवारको त्याग, संघर्ष र विश्वासले पनि बन्ने गर्छ।
लामिन यामालको कुन भनाइ तपाईंलाई सबैभन्दा प्रेरणादायी लाग्छ?
