दोहोरो नागरिकता लिन खोज्ने एकजना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएर फेरि नवलपुरबाट लिन खोज्ने मध्यविन्दु नगरपालिका वडा नं. १० का ३९ वर्षीय टिकाप्रसाद टोमटालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

टोमटाले नयाँ नागरिकता बनाउनका लागि जन्ममिति लगायत सम्पूर्ण विवरण झुटो पेश गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका जिल्ला प्रहर कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । यसअघि भदौ १३ गते पनि दोहोरो नागरिकता लिन खोज्दा गौँडाकोट नगरपालिका वडा नं.५ का बलराम सापकोटाका छोरा २८ वर्षीय अर्जुन सापकोटा पक्राउ परेका थिए ।

टोमटालाई फौजदारी कार्यविधि सँहिता २०७४ को दफा १४९६० बमोजिम दोहोरो नागरिकता शीर्षकमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको पौडेलले जानकारी दिए । कुनै नेपालीले झुटो विवरण पेशगरी नागरिकता लिएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद र एक लाख रुपियाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

Share
Scroll to Top