
पोखरा । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले कार्यक्रम उद्घाटन गर्दै सामाजिक क्षेत्रमा अनुकरणीय योगदान गर्दै शेयर सदस्यको भावनाअनुरुप चलेको पोखराको स्थापित सहकारीमा डेभिज फल भएकोमा खुसी व्यक्त गरिन् ।
उनले सहकारीमा समस्या निम्तिन नदिन बचत तथा ऋणको मात्र नभई सदस्यलाई सीप र ज्ञानको माध्यमबाट उद्यमशील बनाउन सबै जना लाग्नुपर्ने सुझाव दिइन् ।
कार्यक्रममा पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदी, राष्ट्रिय सहकारी बैंक पोखराका शाखाका प्रमुख अमृत श्रेष्ठ, संस्थाका सल्लाहकारहरु युवक लामिछाने ‘युवक’, हरि लम्साल, लेखनाथ बराल ‘गोपी’, गुप्तेश्वर गुफा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण बास्तोला, छोरेपाटन मावि व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारी, भविष्य निर्माण मावि व्यवस्थापन समिति अध्यक्ष कमलकुमार भुजेल, सम्मानित व्यक्तित्वतर्फबाट नवीना रेग्मी, लोककल्याण सहकारी संस्थाका अध्यक्ष पूर्णदीप ९पिडी० सिग्देल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष राजन अधिकारीले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष श्यामकुमार श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन पेस गरे । आन्तरिक लेखा (सुपरीवेक्षण) समितिको प्रतिवेदन संयोजक तेजप्रसाद ढकालले प्रस्तुत गरे । कुल साढे १३ सय सदस्य रहेको संस्थाको शेयर पुँजी ६ करोड ६८ लाख रहेको प्रबन्धक यज्ञप्रसाद भण्डारीले जानकारी दिए ।
कार्यक्रममा सहकारीका ७ सिद्धान्त वाचन शिक्षा उपसमिति संयोजक इन्दिरा पण्डित ९पौडेल०, स्वागत मन्तव्य कार्यक्रम संयोजक एवं संस्थाका उपाध्यक्ष राजेन्द्रबहादुर थापा र संचालन सचिव प्रकाश सुवेदीले गरेका थिए ।
सो अवसरमा उत्कृष्ट कारोबार गर्ने तथा सेयर सदस्य तथा तिनका छोराछोरीमध्ये प्लस टु, स्नातक र स्नातकोत्तर तह उत्तीर्णलाई सम्मान गरिएको थियो । उत्कृष्ट कारोबारतर्फ पार्वती कोइराला, भरतप्रसाद पोख्रेल, प्रेमनारायण पौडेल, लोकबहादुर थापा मगर, धनबहादुर छत्कुली, मीना गुरुङ, शिवराज पौडेल, डिलकुमारी थापा मगर, मायादेवी पहारी, रस्मिता पहारी, रिदीक्षा पहारी, एन्जिला पोख्रेल, मानस क्षत्री, मानसी क्षत्री, सेजल खड्का, विराज खत्री, अंकुश श्रेष्ठ र निकेश प्रधान छन् ।
सभामा ठिक समयमा उपस्थित भई अन्तिम समयसम्म बस्नेमध्ये गोलाप्रथाबाट ३ जना छनोट गरी पुरस्कृत गरियो । जिनिता राई, धनबहादुर छत्कुली र नारायण भट्टराई त्यस्ता भाग्यमानी ठहरिएका लेखा समिति सदस्य मदनराज जैसीले जनाए ।
अध्यक्षको आसनबाट राजन अधिकारीले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गराउन सहयोग गर्नु सम्पूर्णमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गरे ।