सामाजिक क्रियाकलापमा सक्रिय अभियान्ता आशिका तामाङ चुनावी मैदानमा

सामाजिक अभियन्ता आशिका तामाङले औपचारिक रुपमा चुनावी मैदानमा उत्रीएकी छन्। उनले काठमाडौँ–२ र ९ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

शुक्रबार उनले सामाजिक सञ्जालमार्फत स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन्। ‘म कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु।’ उनले भनेकी छन्,

गत निर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम १५ हजार २३८ मत ल्याएर विजयी भएकी थिईन् । पाएकी थिइन्। दोस्रो नम्बरमा रहेका नेकपा (एमाले)का मणिराम फुयालले ११ हजार ५६६ मत पाएका थिए।

त्यस्तै, काठमाडौँ ९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए। उनले ११ हजार ९५६ मत पाएका थिए।


रास्वपाले तामाङलाई समानुपातिक उम्मेदवार बन्न प्रस्ताव गरेको थियो। तर, उनी समानुपातिक छोडेर प्रत्यक्षतर्फ उम्मेदवार बन्ने घोषणा गरेकी हुन्।

Scroll to Top