इजरेली हमलाको जबाफमा इरानले गयराती इजरेलमा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ। हमलाहरू जारी रहँदा इजरेली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएका थिए।
इजरायलका एक पत्रकारले तेल अभिभको आकाशमाथि कालो धुवाँ उठिरहेको बेला जेरुसलेममा विस्फोटको आवाज सुनिएको बताएका छन्। अन्य इजरेली सहरमा समेत ठूला विस्फोटका आवाज सुनिएका विवरण आएका छन्।
उक्त जबाफी हमलामा परेर ४० जनाको इजरेली अस्पतालहरूमा उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। इजरेली सञ्चारमाध्यमहरूले तीनजनाको मृत्यु भएको उल्लेख गरेका छन्।
शनिवार सबेरैदेखि दुवै पक्षबाट भएका हमलामा तेहरानमा समेत विस्फोटनका आवाज सुनिएका छन्।
