गुल्मीका चिरपरिचित लोकदोहोरी गायक सन्तु थापाले भजन गीत रेसुङ्गामा जाउ बजारमा ल्याएका छन् ।
रेसुङ्गाको पौराणिक महत्त्व , धार्मिक इतिहास र परम्परागत दृष्टान्तलाई समेटेर सो गीत बजारमा ल्याइएको हो।
यस गीतको शब्द श्रीजना हिमकला रानाको रहेको छ भने स्वर भने गायक थापा र गायिका बन्दना पाण्डेको रहेको छ।
यस गीतमा नृत्य निर्देशन स्वयं गायक थापाकै रहेको छ।नमूना नेपाल परिवारको तर्फबाट गीतलाई उच्च सफलताको शुभकामना व्यक्त गर्दछौं ।
