पछिल्लो समयका चर्चित गायक रमेशराज भट्टराईको हिट गीत ‘भन साइँला’ को तेस्रो भाग ‘खाडी मुलुक’ बजारमा आएको छ।
छोटो समयमै दर्शक-श्रोताको मन जित्न सफल यस गीतमा खाडी मुलुकको यथार्थ कथा -ब्यथालाई उतार्ने कोशीस गरिएको छ।
भट्टराईलाई यसपटक पनि गायिका रचना रिमालले गीतमा साथ दिएकी छिन्। गीतको शब्द र संगीत रमेशराजकै हो।
भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईले अभिनय गरेका छन् । गायक रमेशराजले गीत राम्रो बनेको र दर्शकहरूले पनि रुचाएको प्रतिक्रिया दिए।
