अमेरिकाले आफूमाथि गरेको आक्रमणपछि आक्रोशित बनेको इरानले इजरायलमाथि भीषण हमलाा गरेको छ ।
इरानले आफ्नो देशमाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण सुरु गरेको पुष्टि इजरायली रक्षा बल (आईडीएफ) ले गरेको छ । तेल अभिभमा साइरनको आवाज सुनिएको छ । सबै नागरिकहरूलाई सतर्क रहन सल्लाह दिइएको छ ।
आईडीएफका अनुसार, इरानले इजरायलतर्फ ४० वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठुलो एकल आक्रमण मानिएको छ । धेरै ठाउँमा क्षेप्यास्त्र खसेको रिपोर्ट आएको छ र राहत टोलीहरू त्यहाँ पुगेर घाइतेहरूको खोजी गरिरहेका छन् ।
इरानबाट प्रक्षेपण गरिएका दुई ड्रोनहरू इजरायली वायुसेनाले देशको दक्षिणी भागमा खसालेको बताइएको छ । यी ड्रोनहरूका कारण, अरवा क्षेत्रमा साइरन बजेको र स्थानीय मानिसहरू आतङ्कित भएको भनिएको छ।
