मगर संघ पोर्चुगलले आयोजना गरेको भूम्या बल पुजा भब्यरुपमा सम्पन्न भएको छ।मगर समुदाय तथा अन्य समुदायका मानिसहरूको चाख लाग्दो उपस्थितिमा सो पुजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम ३ वोटा सस्था मगर संघ पोर्चुगल,तकसेरा समाज पोर्चुगल र लुगुम्याल समाज पोर्चुगलले संयुक्तरुपमा आयोजना गरेका थिए।
सो कार्यक्रम जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोप कुमार मगरको प्रमुख आतिथ्यता र अयोजक मगर संघ पोर्चुगलका अध्यक्ष कमल पुनको सभापतित्वमा सम्पन्न भएको थियो।
पुजामा संकलित रकम क्यान्सर पीडितलाई दिइने उल्लेख गरिएको छ। पीडित बिरामीहरूलाई केही भएपनि राहात होस् भन्ने उद्देश्यले सहयोग रकम दिन लागिएको अध्यक्ष कमल पुनले बताए।
क्यान्सरबाट पीडित बिरामीहरु क्रमशःउदयपुर स्थायी घर भैई हाल कपिलबस्तु बिजयनगर निबासी हिरा मगर ( भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत) र रोल्पा स्थायी घर भैई हाल दाङ घोराही निबासी छाया पुन मगर ( दिल्ली मनिपाल अस्पतालमा उपचाररत ) लाई जनही ६०,००० नेपाली रुपैयाँ सहयोग गर्ने सस्थाले विज्ञप्ति मार्फत जानकारी दिएको छ।
