एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपालको विजयी सुरुवात

नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ। आइतबार भएको पहिलो खेलमा ओपनर प्रसिद्ध जैसीले अर्धशतक बनाएपछि नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो।

सिंगापुरले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । प्रसिद्ध ५५ रनमा नटआउट रहे। रौनक श्रीवास्तवले ४० रन बनाए।

सिंगापुरका आकाश तेजाले ३ र युवान पाण्डेले १ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भएको थियो ।  सिंगापुरलाई सस्तैमा आउट गर्न कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले उत्कृष्ट बलिङ गरे।

विपिनले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ४ विकेट लिए । सचिनले ६.१ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । अभय यादव र शुभम खनालले समान १ विकेट लिए।

सिंगापुरका लागि कप्तान रियान नइकले सर्वाधिक ५३ रन बनाए। यस्तै ओपनर आहान भुथानदमले ३८ रन बनाए। नेपालले अब दोस्रो खेल मंगलबार जापानसँग खेल्ने छ।

Share
Scroll to Top