नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलको अधिवेशन आगामी सेप्टेम्बरमा हुने

नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलको ७ औं अधिवेशन आगामी सेप्टेम्बरमा हुने भएको छ।

हिजो जुन २२ तारिख बसेको कार्यसमितिको पूर्ण बैठकले सेप्टेम्बर २१ तारिख गर्ने निर्णय गरेको हो।

वर्तमान कार्यसमितिको २ बर्षे कार्यकाल अन्तिम चरणमा भएको सन्दर्भमा अधिवेशनको तिथि तय गरिएको सस्थाका अध्यक्ष चोप कुमार मगरले जानकारी दिए।

पोर्चुगलमा विगतदेखि स्थापित र सक्रिय सस्था महासंघले नेपालीहरूको हरेक समस्या समाधानका लागि विशेष पहलकदमी लिदै आइरहेको छ। नमूना नेपाल परिवारको तर्फबाट अधिवेशन भब्य सफलताको शुभकामना व्यक्त गर्दछौं ।।

Share
Scroll to Top