रुपन्देहीको उपनिर्वाचनमा रास्वपाबाट थापा उम्मेदवार बन्ने

रुपन्देही– ३ उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.लेखजंग थापा उम्मेदवार बन्ने निधो भएको छ।
सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा प्राइमरी इलेक्सन, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जोमिटीमा विधिबाट अन्य ८ जनालाईपछि पारेर उम्मेदवार छनोट हुन सफल भएका हुन् ल। यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी छ।

उपनिर्वाचनका लागि सिद्धार्थनगर–९ का थापासहित सुलभ खरेल (बुटवल–१६), पार्थिवेन्द्र उपाध्याय सि(द्धार्थनगर–७), ज्ञानु पौड्याल (सिद्धार्थनगर–८), जीतबहादुर गुप्ता (सिद्धार्थनगर–१), कुसुम महर्जन (मध्यपुर ठिमी– ६ भक्तपुर), रचना क्षेत्री (सिद्धार्थनगर–३), पुनमकुमारी अग्रवाल (सिद्धार्थनगर–८) र मधुप्रसाद अर्याल (बुटवल–१७ रुपन्देही) आकाङ्क्षी रहेका थिए । उनीहरुमध्ये थापा रास्वपाको प्राइमरी इलेक्सनबाट निर्वाचित भएका हुन् ।


को हुन् डा. लेखजंग थापा ?

सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा वरिष्ठ न्युरोलोजिस्ट र सामाजिक अभियन्ता हुन् । उनले नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा लामो समय बिताएका छन्।

पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्युरोलोजी अध्ययन गरेका डा. थापा अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।

अनुसन्धानकर्मी समेत रहेका उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष समेत रहेका डा. थापाले स्ट्रोकको उपचार, निदान र सचेतनामा भूमिका खेलेका छन् । उनकै टिमको पहलमा बनाइएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकल समेत जारी भएको छ । जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत स्वीकृत गरेको छ ।

डा. थापाले आफ्नै पहलमा नेपालका हजारौँ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुलाई ‘स्ट्रोक मास्टर क्लास’ मार्फत स्ट्रोकको पहिचान, उपचार र सचेतनासम्बन्धी तालिम दिँदै आएका छन् ।

उनी काठमाडौँको व्यस्त जीवनशैलीलाई छल्दै डेढ दशकयता हप्ताको दुई दिन जन्मभूमि भैरहवा पुगेर बिरामीको सेवा गर्दै आएका छन् । मुलुकलाई सुशासनसहितको सामाजिक न्याय, विकास र समृद्धिको बाटोमा लैजाने अठोटका साथ उनी राजनीतिमा होमिएका हुन्।

Share
Scroll to Top