तामाङ समाज पोर्चुगलले ल्होछार पर्व भब्यताका साथ मनाउने भएको छ।मंन्जुश्री संवत २८६२ ताल्हो/घोडा वर्गको अवसर पारेर सोनाम ल्होछारको शुभकामना आदानप्रदान सहित विशेष सांस्कृतिक साझको आयोजना गर्न लागिएको हो।
कार्यक्रममा लोकप्रिय आधुनिक गायक अभिनाश घिसिङले विभिन्न नेपाली मौलिक गीत मार्फत उपस्थित नेपालीहरुलाई छमछमी नचाउने छन् भने अन्य स्थानीय कलाकारहरुले पनि आफ्नो प्रतीभा उजागर गर्ने छ्न्।
विशेषगरी नेपाली मौलिकता ,भेषभुसा,परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष कुमार सि बल तामाङले नमूना नेपाललाई संक्षिप्त कुराकानीका क्रममा बताए।
समाजले पोर्चुगलमा क्रीयासिल संघ-सस्था,समाजसेवी ,पत्रकार एवं पर्वलाई माया गर्ने सम्पूर्णलाई उपस्थित हुन अनुरोध समेत गरेको छ।
स्मरण रहोस् सो कार्यक्रम Lisboa Ao Vivo Chelas
Av. Mar.Gomes de costa 29 B1, 1800-255 Lisboa मा २६ जनवरी आइतबार बिहान ११ बजेदेखि सुरु हुने छ भने राति २ बजे सम्म निरन्तर सांस्कृतिक प्रस्तुतिहरु रहनेछन् ।
