बर्षा शाह,काठमाडौं: नेपाली कांग्रेसको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोग छलफलमा जुटेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्ष र संस्थापन पक्षबीचको आधिकारिकता विवाद टुंगो लगाउन आयोगको बैठक बसिरहेको छ।
आयोगबाहिर भने कांग्रेसका दुवै पक्ष निर्णय पर्खिरहेका छन्। गगन पक्षधर पदाधिकारीहरूसमेत आयोगबाहिर सडकमा धर्नामा बसिरहेका छन्।
आयोगबाहिर भीड बढ्दा कान्तिपथ क्षेत्रमा सडकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। सडकमा सवारीसाधनको जामले गर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको छ।
