काग्रेसको देउवा पक्षको रीटमा सर्वोच्चले गरेन अन्तरिम आदेश,सभापति थापालाई बाटो खुल्यो

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चको आदेशसँगै नयाँ कार्यसमितिलाई काम गर्न सहज भएको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

कांग्रेसको विशेष महाधिवेशनबाट थापाको नेतृत्वका नयाँ केन्द्रीय कार्यसमिति गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो ।

आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष अदालत गएको हो । रिटमा निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गरिएको थियो ।

Share
Scroll to Top