पोर्चुगलमा रहेका नेपाली महिलाहरूको साझा सस्था नेप्लिज वोमेन एसोसिएसन पोर्चुगलको ५ औं अधिवेशन फेब्रुअरी १ मा हुने भएको छ।
सस्थाले समाजिक संजाल मार्फत एक सूचना जारी गर्दै अधिवेशन हुन लागेको जानकारी दिएको हो।सस्थाकी अध्यक्ष शान्ती अर्याल अधिकारीका अनुसार अधिवेशनको उद्घाटन सत्र दिउसो ठिक १ बजे सुरु हुने छ भने केही समय शुभकामना आदानप्रदान समेत हुने छ।
त्यसैगरी सस्थाको सांगठनिक प्रतिवेदन ,आर्थिक प्रतिवेदन लगायतका प्रतिवेदन वन्दसत्रमा पेश हुने छ्न्। प्रतिवेदन उपर छलफल पश्यात कार्यसमिति चयन प्रक्रिया तर्फ अधिवेशन अगाडि बढ्ने अध्यक्ष अधिकारीले बताइन्।
अधिवेशन भब्य ,सभ्य बनाउन तयारी तीब्ररुपमा भैरहेको सस्थाले जनाएको छ।अधिवेशन लिस्वनको चर्चित रेस्टुरेन्ट एभरेष्ट मम आन्जुसमा हुने छ भने पोर्चुगलमा क्रीयासिल संघ-सस्था,व्यबसायी,बुद्धिजीवी ,पत्रकार लगायत सम्पूर्णलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
