उर्जाशिल युवा शिवसागर बुढाथोकीले गरे एनआरएनए युरोप युवा संयोजकमा उम्मेदवारी घोषणा

विगत लामो समयदेखि पोर्चुगललाई कर्मथलो बनाउदै आएका व्यवसायी एवं नेपाली युवाहरुका अगुवा, उदयमान युवा शिवसागर बुढाथोकीले एनआरएनए युरोप युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएनए पोर्चुगलका पुर्व उपाध्यक्ष एवं दाङ स्पोर्ट्स क्लब पोर्चुगलका अध्यक्ष बुढाथोकी सामाजिक कार्यमा निरन्तर खटिरहने एक उदारहणिय व्यक्ति हुन्।

खासगरी पोर्चुगलको नेपाली समुदायमा सबैका प्रीय पात्र बनेका बुढाथोले तोकीएको जिम्मेवारी निष्ठापुर्वक निर्वाह गर्ने एक लगनशीलताको छाप बनाएका छन् ।

खासगरी १४–१६ मार्च २०२६ मा काठमाडौँमा आयोजना हुने बृहत एकताको १२ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने कार्यक्रम रहेको छ।

अन्तर्राष्ट्रिय महाधिवेशन तथा युरोप क्षेत्रीय सम्मेलनहरूमा प्रतिनिधिका रूपमा सक्रिय सहभागिता जनाउँदै आएका उनले विशेषगरी युवासँग सम्बन्धित विषयहरूमा निरन्तर आवाज उठाउँदै आएका छन् ।खासगरी उनी युवाहरूको मियो बनेर उदाएका छन्।

उम्मेदवारीसँगै उनले युरोपभरिका नेपाली युवाहरूका लागि व्यावसायिक, शैक्षिक र सामाजिक कार्यक्रमहरू अघि सारेका छन।युवा संयोजक

युरोपका विभिन्न देशमा रहेका नेपाली युवाबीच सशक्त सञ्जाल निर्माण गरी आपसी सहकार्य, अनुभव आदानप्रदान र नेतृत्व विकासमा जोड दिने उनको योजना रहेको छ।

रोजगार, अध्ययन र व्यवसायका क्षेत्रमा करियर मार्गदर्शन, सीप विकास तालिम तथा वेबिनार कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

युवा उद्यमशीलता प्रवर्द्धनका लागि व्यवसायसम्बन्धी जानकारी, कानुनी परामर्श तथा अनुभवी उद्यमीहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेका छन्।

सामाजिक उत्तरदायित्वअन्तर्गत युरोपमा समस्यामा परेका नेपाली युवाहरूलाई परामर्श, समन्वय र सहयोग उपलब्ध गराउने संयन्त्र निर्माण गरिने उनले बताएका छन्।

मानसिक स्वास्थ्य सचेतना, कुलत विरुद्ध अभियान तथा सकारात्मक जीवनशैली प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने योजना पनि सार्वजनिक गरेका छन्।

रक्तदान, राहत संकलन, प्राकृतिक विपद् सहयोग तथा सामाजिक सेवामूलक अभियानहरूमा युवाहरूको सक्रिय सहभागिता बढाइने उनको लक्ष्य रहेको छ।

खेलकुद, सांस्कृतिक कार्यक्रम तथा अन्तरदेशीय युवा सम्मेलनमार्फत आपसी एकता, पहिचान र सामाजिक सद्भाव सुदृढ गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

महिला तथा समावेशी सहभागितालाई प्राथमिकतामा राख्दै सबै पृष्ठभूमिका युवाहरूलाई समान अवसर सुनिश्चित गरिने उनले स्पष्ट पारेका छन्।

एनआरएनएको अन्तर्राष्ट्रिय संरचनासँग समन्वय गर्दै युवाका मुद्दालाई नीतिगत तहसम्म पुर्‍याइने र निर्णय प्रक्रियामा युवाको प्रभावकारी सहभागिता सुनिश्चित गरिने उनले बताएका छन।

उम्मेदवारी घोषणापछि उहाँले युरोपभरिका प्रतिनिधि, अग्रज अभियन्ता तथा शुभेच्छुकहरूमा सहयोग, साथ र समर्थनका लागि हार्दिक अनुरोध गरेका छन्।

युवाहरूको आवाज, भावना र अधिकारलाई संस्थागत रूपमा स्थापित गर्दै जिम्मेवार, सक्रिय र एकताबद्ध युवा नेतृत्व निर्माण गर्ने आफ्नो प्रतिबद्धता उनले पुनः दोहोराएका छन् ।

Share
Scroll to Top