रास्वपा उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज

आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनुषा क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका किशोरी साह ‘कमल’को उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले पुष्टि गरेको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार आयोगका पदाधिकारीहरूको सोमवार बसेको बैठकले उनको उम्मेदवारी खारेज गरेको हो।

निर्वाचन आयोग ऐन २०७४ को दफा १३ बमोजिम उनको उम्मेदवारी खारेज भएको जीसीले बताए।

उक्त दफामा उम्मेदवारको अयोग्यतासम्बन्धी विषय छ।

साह ब्याङ्कको कालोसूचीमा रहेको भन्दै उजुरी परेको र त्यसबारे आयोगले छानबिन गर्दा उक्त दाबी पुष्टि भएपछि उनको उजुरी खारेज भएको बताइएको छ।

उक्त दफाको उपदफा ‘ज’मा “प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर” उम्मेदवार अयोग्य हुने व्यवस्था छ।

Share
Scroll to Top