सुबास चाम्लिङ ,बेल्जियम : थकाली सेवा समिति बेल्जियमको भर्ऱ्खरै सम्पन्न अधिबेसनबाट २०२६ – २०२८ को लागि अजित तुलाचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नेपालको राष्ट्रिय पर्व थकाली समुदायको महान पर्व तोरन्लहो फागु पुर्णिमा ) का दिन बिधिवत रूपमा घोषणा गरिएको यस कार्य समितिमा ९ जना रहेको छ।
अध्यक्ष अजित तुलाचन ,उपाध्यक्षद्वय अरबिन गौचन , बसन्त शेरचन ,
महासचिब अबि़ेशेक गौचन
,कोषाध्यक्ष धुर्ब गौचन
सदस्यहरुमा चित्र गौचन ,Match गौचन, झपेंन भट्टचन
र सूरज गौचन रहनु भएको छ ।
तोरन्लह चाडमा प्रमुख अतिथी बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत सेवा लम्साल
बिशिष्ठ अतिथी नेपाल आदिबासी जनजाति महासंघ बेल्जियम अध्यक्ष प्रबिना गुरूंग ,बिशेष अतिथी मातृसॅस्था मगर संघ बेल्जियम अध्यक्ष कल्पना मगर , तमु समाज बेल्जियम उपाध्यक्ष अनिता घले ,नेपाली मिलन केन्द्र निबर्तमान अध्यक्ष कान्ति अधिकारी , समितिका पुर्ब अध्यक्ष बिष्णु शेरचन लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।
