डेनमार्कमा आयोजित ‘डेनमार्कको उत्कृष्ट बेकरी’ प्रतियोगितामा नेपाली मूलका सञ्जीव गिरी विजयी भएका छन्। डेनमार्कका बेकरी तथा कन्फेक्सनरी कम्पनीहरूको संघ (BKD) ले सोमबार आयोजना गरेको उक्त प्रतिष्ठित प्रतियोगितामा सञ्जीवले उत्कृष्टता हासिल गर्दै पहिलो स्थान प्राप्त गरेका हुन्।
करिब १५ वर्षअघि डेनमार्क पुगेका सञ्जीव गिरीले सन् २०१९ मा त्यहाँ बेकरीसम्बन्धी शिक्षा हासिल गरेका थिए। उनले दुई वर्षअघि Charlottenlund को Ordrup Jagtvej 42B मा ‘Maison d’Brød’ नामक आफ्नै बेकरी स्थापना गरेका थिए, जुन अहिले निकै लोकप्रिय बन्दै गएको छ।
सञ्जीवले यसअघि पनि विभिन्न अवार्डहरू जितिसकेका छन्। विशेषगरी, फ्रेन्च दूतावासद्वारा प्रकाशित ‘डेनमार्कको उत्कृष्ट बगेट’ अवार्ड उनले लगातार केही वर्ष जित्दै आएका छन्।
यस प्रतियोगितामा सञ्जीवका सहकर्मी फिलिप ग्रामले तेस्रो स्थान हासिल गरेका छन्।
तस्बिरमा सञ्जीव गिरी डेनमार्ककी अर्थमन्त्री स्टेफानी लोजे तथा BKD का अध्यक्ष जोन जोन्सनसँग देखिएका छन्। नेपाली समुदायका लागि यो उपलब्धि गर्वको विषय बनेको छ।
