इरानले अमेरिकासँगको शान्ति सम्झौता निकै टाढा रहेको भन्दै इरान युद्धको लागि तयार रहेको बताएको छ। उसले अमेरिकामाथि भरोसा नभएको जनाएको छ। इरानी संसद् सभामुख मोहमम्द बेघर घालीबाफले अवस्था कुनै पनि बेला बिग्रन सक्ने बताए। उनले त्यही अनुसार सेना पूर्ण रूपमा तयार अवस्थामा राखिएको बताए।
गालिबाफले इरानका जहाजहरू ‘स्ट्रेट अफ हर्मुज’बाट आवतजावत गर्न पाएनन् भने, अन्य देशका जहाजहरूलाई पनि त्यहाँबाट जान नदिइने स्पष्ट पारेका छन्। उनले अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दीलाई गलत र लापरवाहपूर्ण निर्णय भएको बताए। गालिबाफले चेतावनी दिँदै भने ‘यदि हर्मुज क्षेत्रबाट माइन हटाउने जस्ता कुनै पनि गतिविधि भएमा युद्धविराम उल्लंघनका रुपमा लिइने र कडा जवाफ दिइने छ।’
उनले यो पनि स्पष्ट पारे कि इरान वार्ताका लागि तयार रहनुलाइ कमजोरीको रूपमा बुझ्नु नहुने भन्दै ट्रम्पले दाबी गरे जस्तो ‘कुनैपनि सम्झौता’ नभएको बताए।
उनले स्रोतसाधन र हतियार पर्याप्त हुँदाहुँदै पनि रणनीतिक रूपमा अमेरिका इरानको सामना गर्न कमजोर देखिएको भन्दै इरान जित नजिक रहेको दाबि गरे। राष्ट्रपति ट्रम्पले ले इरानसँग “धेरै राम्रो संवाद” भइरहेको बताए पनि, तेहरानले होर्मुज जलडमरूमार्फत अमेरिकालाई “ब्ल्याकमेल” गर्न नदिने स्पष्ट पारेका छन्।
ट्रम्पले भने नाकाबन्दी इरानसँगक पूर्ण समझदारी नभएसम्म कायम रहने बताए। उनले भने, ‘नाकाबन्दी तबसम्म जारी रहनेछ जबसम्म इरानसँगको हाम्रो सम्झौता शतप्रतिशत पूरा हुँदैन।’
