दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर नेपाल भ्रमणमा आउने भएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्रमध्ये एक सर्जियो भारतबाट वैशाख १७ गते सिधै नेपाल आउने भएका हुन्। नेपालमा उनी चार दिन बस्ने बताइएको छ।
राजदूत सर्जियोको नेपाल भ्रमणका सन्दर्भमा भारतस्थित नेपाली दूतावासका उपप्रमुख डा.सुरेन्द्र थापाले भारतस्थित अमेरिकी दूतावासका उपप्रमुख जेसन मिकसँग भेट गरेका छन् ।
दुई जना बिचको भेटमा राजदूत सर्जियाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।
