नेपाल आदिवासी जनजाती महासंघ पोर्चुगलद्वारा बुद्ध जयन्ती विशेष कार्यक्रम गर्ने

विश्व शान्तिका अग्रदुत बुद्धको एतिहासिक,धार्मिक योगदानलाई कदर गर्दै नेपाल आदिवासी जनजाती महासंघ पोर्चुगलले बुद्ध जयन्ती विशेष कार्यक्रम गर्ने भएको छ।

बुद्ध जयन्तीका अवसरमा सस्थाले सभ्य र भब्य रुपमा कार्यक्रम आयोजना गर्न लागेको हो।शान्ति ,करुणा ,मैत्रीभावको सन्देश फैलाउने उद्देश्यले बुद्ध जयन्ती मनाउन लागिएको सस्थाका अध्यक्ष चोप कुमार मगरले जानकारी दिए।

सो कार्यक्रम मे १ मा लिस्वनको चर्चित स्थान जिनासियो क्लव हलमा हुनेछ।त्यसैगरी बिहान १० बजे पुजाको कार्यक्रम हुनेछ भने दिउँसो १ बजेदेखि ४ बजेसम्म ध्यान र प्रवचन हुने सस्थाले जनाएको छ।।

Share
Scroll to Top