नेपाली व्यवसायी संघ बेल्जियम’ (NEBAB) हालै सम्पन्न ८औँ अधिवेशन सम्पन्न भएकोछ ।
बेल्जियमको हेरेन्टमा सम्पन्न अधिबेशनले काशी दनैको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।
सन २००६ मा बेल्जियममा ब्यबशाय गर्ने सानो समूहबाट प्रारम्भ भएको र १९ बर्षे अबधीमा यहा नेपाली र युरोपेली समाजमा स्थापित र शसक्त रहेको नेबाबको उपाध्यक्षत्रयमा रमेश दाहाल, बाबुराम शर्मा र राजेन्द्र कार्की चयन भएका छन ।
सचिवालयमा : भुवन सुवेदी (महासचिव), दिपेश सुवेदी (सचिव), रिचा गुरुङ (महिला सचिव) र राज पुरी (कोषाध्यक्ष)चयन भएका छन ।
सदस्यहरू : देबु श्रेष्ठ (लुभेन), उमेश घिमिरे (एन्तवेरपेन), राजु थापा, भरत जंग क्षेत्री, कुल बहादुर कार्की र सरोज आचार्य रहेका छन।
संरक्षक/परामर्शदातामा : निवर्तमान अध्यक्ष चिरन खवास (आमन्त्रित सदस्य) रहेका छन ।
युरोपको मुटु ब्रसेल्समा पटक पटक बेल्जियमका परराष्ट्र सचिब सहित २० सौ मुलुकका राजदुतहरू सहभागी गराऊदै बिशाल नेपाल फेष्टिभल आयोजना गर्न सक्षम नेबाब यहा होटल , रेष्टुरा , हरेक खालका पसल लगायत ६ सय बढी नेपाली ब्यबशायीहरूको सामुहिक संस्था हो ।
कार्यक्रममा लुभेन नगरपालिका उपमेयर दिर्क भान्सिनाले सिंगो बेल्जियममा नेपाली ब्यापारीहरूको उपस्थिती मुलुकको अर्थतन्त्र मै गर्बिलो टेवा दिई रहेको र नेबाबलाई गर्नु पर्ने सहयोगमा कुनै कसुर बाकी नराख्ने बताऊनु भयो ।
निबर्तमान अध्यक्ष चिरण कुमार खवासको अध्यक्षतामा सम्पन्न अधिबेशनमा बिगतमा भन्दा सशक्त बनेको र युरोपेली बजारमा अझ बढी नेपाली र नेपालीको हितार्थ काम हुने बताए ।
सानो उमेर मै दर्जनौ ब्यबशाय र प्रोपर्टी खरिद बिक्री ब्यबशाय सम्हाली रहेका नब निर्बाचित अध्यक्ष काशी दनैले नेबाबले आऊने दिनमा नेपाल र नेपालीलाई युरोपमा नबिन ढंगले चिनाऊने अठोट गरेका छन ।
बिगतमा राम्रा कामलाई निरन्तरता दिदै युबा जोशका साथ र ठूला रिस्कसहितका नया काम गरिने बताए ।
कार्पिनस होटल हेरेन्टमा सम्पन्न अधिबेशन निकै सभ्य र भब्य रहेको थियो।
