इरान र अमेरिकाबिच शान्तिसम्झौता अन्तिम चरणमा

खाडी मुलुकको तनाव अब सकिने भएको छ। २४ घण्टाभित्र अमेरिका-इरान बिच ऐतिहासिक शान्ति सम्झौता हुने बताइएको छ।

खाडी क्षेत्र (Gulf Region) र विश्वकै राजनीतिलाई एउटा नयाँ दिशा दिने गरी यो हप्ताकै सबैभन्दा ठूलो र विष्फोटक भू-राजनीतिक अपडेट बाहिरिएको छ। महिनौँ लामो तनाव र सैन्य टकरावपछि अमेरिका र इरान ऐतिहासिक ‘शान्ति सम्झौता’ को अन्तिम विन्दुमा पुगेका छन्।

मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सामाजिक सञ्जाल एक्स (X) मार्फत आगामी २४ घण्टाभित्रै यो सम्झौतामा डिजिटल हस्ताक्षर (Electronic Signing) हुन सक्ने दाबी गरेपछि सिङ्गो विश्व र सोसल मिडियामा महा-सनसनी मच्चिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि वासिङ्टनबाट यसको बलियो संकेत दिँदै नयाँ मिसाइल आक्रमणहरू रोक्ने घोषणा गरिसकेका छन्।

Share
Scroll to Top