पोर्चुगलका राजकुमार थापा, एनआरएनए युरोपको उपसंयोजक(DRC) मा चयन

लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) पदाधिकारी अन्तर्गत युरोप क्षेत्रको उपसंयोजक (DRC) मा पोर्चुगलबाट राजकुमार थापा चयन भएका छन् ।

थापा एनआरएनए पोर्चुगलको पूर्व महासचिव र निवर्तमान आइसीसी सदस्य हुन् । युरोपनेपाली खबर डटकमका प्रधान सम्पादक समेत रहेका थापा अध्ययशील, बौद्धिक र तार्किक व्यक्तित्वको रूपमा समेत परिचित छन्।

गत महिना बसेको आइसीसीको ११५ औं बैठकले अन्तर्राष्ट्रिय समन्वय परिषद्को पाँच सदस्यीय संरक्षक समिति, ५१ सदस्यीय सल्लाहकार समितिसहित रिक्त पदहरुमा पदाधिकारी र आइसीसी सदस्यहरु चयन गरेको निर्णय सार्वजनिक भएको छ ।

Share
Scroll to Top