विश्वकपको सेमिफाइनल पुग्न मैदानमा उत्रँदै अर्जेन्टिना, मेस्सीलाई गोल्डेन बुट दौडमा अग्रता लिने अवसर

फिफा विश्वकप २०२६ को रोमाञ्चक क्वार्टरफाइनल खेलमा साविक विजेता अर्जेन्टिनाले आइतबार बिहान स्विट्जरल्याण्डको सामना गर्दैछ। अमेरिकाको कन्सास सिटी स्टेडियममा हुने यो खेल आइतबार बिहान ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

अर्जेन्टिना स्विट्जरल्याण्डमाथि जित निकाल्दै लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ।

यो खेल अर्जेन्टिनाका लागि सेमिफाइनल यात्रा मात्र नभएर कप्तान लियोनेल मेस्सीका लागि व्यक्तिगत रूपमा पनि निकै महत्त्वपूर्ण मानिएको छ।

जारी विश्वकपमा उत्कृष्ट लयमा रहेका मेस्सीले अहिलेसम्म कुल ८ गोल गरिसकेका छन्। स्विट्जरल्याण्डविरुद्धको खेलमा गोल गर्दै मेस्सीलाई ‘गोल्डेन बुट’को दौडमा आफ्नो अग्रता अझ बलियो बनाउने सुनौलो अवसर छ।

Share
Scroll to Top