प्रहरी नेतृत्वमा आन्तरिक शक्ति संघर्ष चर्किंदै, एकैपटक पाँच एआईजीलाई अवकाशपत्र थमाउने तयारी


काठमाडौं । नेपाल प्रहरीको उच्च नेतृत्व तहमा आन्तरिक विवाद, असमझदारी र शक्ति संघर्ष चर्किरहेका बेला पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी) अनिवार्य अवकाशमा जाने भएका छन्।

प्रहरी संगठनभित्र नेतृत्वलाई लिएर आरोप–प्रत्यारोप र असन्तुष्टि बढिरहेका बेला पाँच एआईजीलाई अवकाशपत्र बुझाउने तयारी गरिएको हो।


प्रहरी किताबखानाले आगामी केही दिनभित्रै अवकाशमा जान लागेका पाँच एआईजीलाई औपचारिक अवकाशपत्र उपलब्ध गराउने तयारी गरेको समाचार सार्वजनिक भएको छ। २०५३ साल पुस ५ गते प्रहरी सेवामा प्रवेश गरेका उनीहरू ३० वर्षे सेवा अवधिका कारण आगामी पुस ५ गतेदेखि अनिवार्य अवकाशमा जानेछन्।


को–को हुँदैछन् अवकाश?
नेपाल प्रहरीमा प्राविधिकतर्फको एक दरबन्दीबाहेक आठ एआईजीको दरबन्दी रहेको छ। पाँच जना एकैपटक अवकाशमा गएपछि तीन जना एआईजी मात्र बाँकी रहनेछन्।
त्यस्तै, सोही भर्ना टोलीका डीआईजीहरू ओम राना, दिलिपनाथ देउवा र सुरेन्द्र गुरुङ पनि अनिवार्य अवकाशमा जाने भएका छन्।


पाँच एआईजी र तीन डीआईजीको बहिर्गमनसँगै प्रहरी संगठनको उच्च तहमा नयाँ जिम्मेवारी बाँडफाँट, बढुवा र नेतृत्वको समीकरण निर्माण हुने देखिन्छ। विशेषगरी रिक्त हुने महत्वपूर्ण विभागहरूमा कसले जिम्मेवारी पाउने भन्ने विषयले प्रहरी वृत्तमा थप चासो बढाएको छ।


अबको प्रश्न : प्रहरी स्थिर नेतृत्व कि शक्ति संघर्षकै निरन्तरता?
एकातिर संगठनको उच्च तहमा आन्तरिक असमझदारी बढिरहेको छ भने अर्कोतर्फ ठूलो संख्यामा उच्च प्रहरी अधिकारीहरू अवकाशमा जाँदैछन्। यस्तो अवस्थामा प्रहरी संगठनलाई विवादमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउने चुनौती नेतृत्वसामु देखिएको छ।
अपराध अनुसन्धान, शान्ति सुरक्षा र नागरिकको विश्वाससँग प्रत्यक्ष जोडिएको प्रहरी संगठनमा व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई प्राथमिकता दिनुपर्ने आवश्यकता झन् बढेको छ।

Share
Scroll to Top