‘संविधान संशोधनका नाममा उपलब्धि कमजोर बनाए प्रतिकार’

काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस एमालेलगायतका पार्टीहरूले मुलुक र जनताको पक्षमा संविधान संशोधन गर्छन् भन्ने विश्वास नभएको बताएका छन् ।

जारी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष यादवले अहिलेका सत्तारुढ दलहरूले संविधान संशोधनको नाममा प्राप्त उपलब्धिहरूलाई कटौती गर्ने, संघीयता कमजोर पार्ने समानुपातिक प्रतिनिधित्व प्रणाली हटाउने, समावेशी प्रतिनिधित्वलाई कम गर्ने कार्य गर्ने खतरा रहेको बताएका छन् । साथै संविधानमा प्राप्त उपलब्धि कमजोर वा समाप्त पार्न खोजिए पार्टीले सडक र सदन दुवै स्थानबाट प्रतिकार गर्ने यादवको भनाइ छ ।

‘यदि संविधानमा प्राप्त उपलब्धिलाई कुनै किसिमले कमजोर बनाउनेरसमाप्त पार्ने कार्यहरू गरीए हामी सदन र सडकबाट त्यसको प्रतिकार गर्नेछौ’, अध्यक्ष यादवले भनेका छन्, ‘संविधान जारी भएको १० वर्ष बित्न लाग्यो, संविधानमा प्रत्यायोजित प्रदेशको अधिकार प्राप्तिका लागि बनाउनुपर्ने थुर्पै आवश्यक ऐन कानुनहरू नबनाएको हुनाले यसबाट यथास्थितिवादी प्रतिगामी शक्तिहरूको मनोभावना बुझिन्छ ।’ संविधान कार्यान्वयनमा गएपछि संवैधानिक कठिनाइहरूलाई हटाउन र जन पक्षीय संविधान बनाउन संविधान संशोधन अपरिहार्य रहेको यादवको भनाइ छ ।

संविधान संशोधनबारे जसपाले पुनर्लेखन वा संशोधनरपरिमार्जन गरी मुलुकमा बसोबास गर्ने सबै समुदायले स्वामित्व ग्रहण गर्न सक्ने संविधान बनाउन चाहेको बताउँदै आएको छ ।

‘संविधान जारी भए देखि नै यो संविधान अधुरो र अपुरो छ, भेदभावयुक्त छ । यसलाई सबैले अपनत्व ग्रहणको लागि संशोधन अपरिहार्य छ भन्ने हाम्रो पार्टीको धारणा रही आएको छ’, अध्यक्ष यादवले भनेका छन्, ‘सामर्थ्य र पहिचानमा आधारित संघीय राज्यपुर्नंसरचना, निर्वाचन प्रणाली, न्याय प्रणाली, शासकीय स्वरूप, समावेशी लोकतन्त्र, प्रादेशिक स्वायत्तता र स्वशासनमा आधारित संघीयताको लागि संशोधन अनिवार्य छ । ’

पूर्ण समानुपातिक निर्वाचन प्रणाली र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली पार्टीको एजेन्डा रहेकाले मुलुकमा स्थिरता र सुशासन कायम गर्न, जनताबाट निर्वाचित समानुपातिक समावेशी संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति संविधानमा व्यवस्था गर्नुपर्ने जसपा नेपालको भनाइ छ ।

Share
Scroll to Top