नेप्लीज् वुमन एसोसिएसन पोर्चुगलको आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवस मनाइने

पोर्चुगलका नेपाली महिलाहरुको अग्रणी साझा र छाता संस्था नेप्लीज् वुमन एसोसिएसन पोर्चुगलले ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

पोर्चुगलको राजधानी लिस्बनको जिनासियो हल आन्जुसमा आउँदो सोमबार मार्च १० तारिख उक्त कार्यक्रम गर्ने तयारी भएको नेप्लिज् वुमन एसोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीले जानकारी दिइन्।

उक्त कार्यक्रममा उपस्थितिका लागि पोर्चुगलस्थित सम्पूर्ण नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि र आम नेपाली दिदीबहिनीहरुलाई आग्रह गरिएको अध्यक्ष अधिकारीले बताइन्। 

सो कार्यक्रमलाई भव्य र रमाइलो बनाउन स्थानीय कलाकारहरू गायक अर्जुन सुनाम, गायिका गीत रेउली, कला पंगिनी र डान्समा देवी गर्बुजा मगरको प्रस्तुति रहेको जनाइएको छ।

Share
Scroll to Top