गायक यम बरालले पोर्चुगलका नेपालीहरुलाई नचाउने

नेपाली आधुनिक गायन क्षेत्रका चर्चित तथा लाेकप्रिय गायक यम बराल लिस्वन आइपुगेका छन्। भोलि  ७ अप्रिल २०२५ मा लिस्बनको “रिपब्लिका दा म्यूजिका” मा आयोजना हुने विशेष कन्सर्टका लागि पोर्चुगल आइपुगेका हुन् ।

ढुक्क इभेन्ट र भिजन फुटबल क्लबद्वारा संयुक्त रूपमा आयोजित यो कार्यक्रममा यम बरालले मुख्य प्रस्तुति दिनेछन् । उनीसँगै अहिलेका चर्चित र्‍यापर जेम्सीले पनि प्रस्तुति दिनेछन्।

नेपाली आधुनिक संगीतका लोकप्रिय गायक यम बराल आफ्ना हिट गीतहरू जस्तै “मायाँ बस्यो मुटुमा” र “यो नेपाली शिर उचाली” मार्फत दर्शकलाई मन्त्रमुग्ध पार्न तयार छन्। कन्सर्टमा र्‍यापर जेम्सीले पनि आफ्नो धमकेदार प्रदर्शन प्रस्तुत गर्नेछन्। साथै, स्थानीय नेपाली कलाकारहरूले समेत कार्यक्रममा रौनक थप्नेछन्।

प्रवासको कला र खेल क्षेत्रलाई असाध्यै माया गर्ने  लिस्बनको दियालो रेस्टुरेन्टका प्रोप्राइटर रविन अधिकारीले राष्ट्रियस्तरको यो कन्सर्टले नेपाली संगीतलाई विश्वमाझ चिनाउने सुनौलो अवसर भएको बताए ।

कन्सर्टको टिकटको मूल्य अग्रिम खरिदमा २५ युरो र स्थलमै खरिद गर्दा ३५ युरो तोकिएको छ। कार्यक्रम बेलुका १० बजेदेखि बिहान ४ बजेसम्म चल्नेछ।

Share
Scroll to Top