रास्वपाको पोर्चुगल अध्यक्षमा नर फगामी मगर

j— राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास शुभेच्छुक संगठन अन्तर्गत प्रवास नेपाली समिति, पोर्चुगल गठन भएको छ। विशेष भेलाले नर फगामी मगरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवगठित समितिमा अध्यक्षसहित एक उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सचिव, एक सहसचिव र १२ जना सदस्य रहेका छन्। यद्यपि, समितिको औपचारिक घोषणा भने अझै बाँकी रहेको सचिव शिवराज कँडेलले जानकारी गराए। उनका अनुसार, पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्लेको उपस्थितिमा नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिने छ। यसका लागि अप्रिल महिनाको तेस्रो वा चौथो सातामा मिति तय गरी औपचारिक कार्यक्रम गरिनेछ।

यस भेलाले सल्लाहकार समिति पनि गठन गरेको छ, जसको संयोजकमा केशरसिंह लिम्बु रहेका छन्। ७ सदस्यीय यो सल्लाहकार समितिको औपचारिक घोषणा पनि कार्यसमिति घोषणा गर्ने दिन नै गरिनेछ।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र आगामी योजनाबारे थप छलफल आगामी बैठकमा गरिने बताइएको छ।

Share
Scroll to Top