किरात याक्थुङ चुम्लुङ पोर्चुगलद्वारा नेपाली महिला फुटबल टीमकी कप्तान एन्जिलालाई विशेष स्वागत

किरात याक्थुङ चुम्लुङ पोर्चुगलद्वारा नेपाली महिला फुटबल टीमकी कप्तान एन्जिला तुम्बापोलाई विशेष स्वागत गरेको छ।

आज एक विशेष कार्यक्रमकाबीच कप्तान एन्जिलालाई स्वागत तथा शुभकामना दिइएको थियो।सो अवसरमा सस्थाकी सल्लाहकार दीपा लिवाङले स्वागत मन्तव्य राखेकी थिइन् भने अन्य उपस्थित वक्ताहरूले पनि एन्जिलाको आगामी खेल जीवन थप सफलताको उचाई पुगोस् भन्ने शुभकामना दिएका थिए।

सो कार्यक्रममा एनआरनए युरोप क्षेत्रीय उपसंयोजक रोबर्ट लिम्बू ,सस्थाका सल्लाहकार एवं शुभचिन्तकहरुको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा एन्जिलाले आफ्नो खेल जीवनको संघर्ष,सफलता र पोर्चुगलमा पर्दशन हुन लागेको आफ्नै कथामा आधारित फिल्मको सन्दर्भमा चर्चा गरेकी थिइन्।

कार्यक्रम सस्थाका अध्यक्ष रुकमान केरुङ लिम्बुको सभापतित्वमा लिस्वनको चर्चित रेस्टुरेन्ट Dream,Sushi Bar Barreiro मा सम्पन्न भएको थियो।

स्मरण रहोस् कप्तान एन्जिलाको फिल्म एन्जिला आज अप्रिल २० तारिखबाट पोर्चुगलको लिस्वनमा सुरु भएको छ भने सो फिल्म भोली २१ तारिख पनि पर्दशन हुने जनाइएको छ।

Share
Scroll to Top