रासस:विश्वभरका क्याथोलिकहरूका आध्यात्मिक नेता पोप फ्रान्सिसको सोमबार बिहान निधन भएको छ ।
कार्डिनल केविन फेरेलले भ्याटिकनको कासा सान्ता मार्टास्थित निवासमा पोपको निधन भएको पुष्टि गरेको अन्तरराष्टिय संचार माध्यमले जनाएका छन् ।
फेरेलले आफ्नो घोषणामा भनेका छन्, ‘रोमको स्थानीय समय अनुसार बिहान ७ः३५ बजे पोप फ्रान्सिसले अन्तिम श्वास फेरे । फ्रान्सिसको पूरा जीवन लर्ड र चर्चको सेवामा समर्पित थियो ।’
उनी मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । र, लामो समय अस्पतालमा भर्ना भएर हालै घर फर्किएका थिए।
पोप फ्रान्सिस क्याथोलिक धर्मगुरु तथा रोमको बिशप हुन्, जसलाई विश्वभरका क्याथोलिकहरूका आध्यात्मिक नेता मानिन्छ।
पोपले क्याथोलिक धर्मको शिक्षालाई संरक्षण र प्रवद्र्धन गर्छन् । बाइबलका शिक्षा र क्याथोलिक परम्परा अनुसार विश्वभरका विश्वासीहरूलाई मार्गदर्शन गर्छन् ।पोप सबै बिशपहरूको प्रमुख हुन्।
