पोर्चुगलको सोसलिस्ट पार्टी( PS) का महासचिव सान्तोससंग एनआरएनए आइसीसी सदस्य थापाको भेट

लिस्बन, २६ अप्रिल । एक बर्ष अघिसम्म सत्तामा रहेर पोर्चुगलमा झण्डै १० बर्ष शासन गरेको र हाल प्रमुख प्रतिपक्षी दल सोसलिस्ट पार्टी( PS) का महासचिव तथा पार्टी प्रमुख
पेद्रो नुनो सान्तोससंग एनआरएनए आइसीसी केन्द्रीय सदस्य राजकुमार थापाले भेटेका छन् ।

शुक्रबार २५ अप्रिल पोर्चुगलको नागरिक स्वतन्त्रता दिवस (Dia da Liberdade) को अवसरमा महासचिव सान्तोससंग लिस्बनको मार्केस पोम्बलमा छोटो भेट भएको आइसीसी सदस्य थापाले बताए ।

उक्त भेटमा पोर्चुगलमा रहेको नेपाली समुदायको बारेमा छोटो कुरा राखेको र नेता सान्तोसको नेपाली आप्रवासीप्रति सकारात्मक धारणा पाएको थापाले जानकारी दिए।

पोर्चुगलमा आगामी मे १८ तारिख आम निर्वाचन हुँदैछ । निर्वाचनमा सोसलिस्ट पार्टी(PS) पुनः विजयी हुने सक्ने आंकलन गरिएको छ। PS ले सरकार गठन गर्ने अवसर पाए पार्टी प्रमुखको हैसियतले पेद्रो नुनो सान्तोस प्रधानमन्त्री हुने सम्भावना छ।

Share
Scroll to Top