एफएनजे युरोप शाखाद्वारा प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

नेपाल पत्रकार महासंघ युरोप शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ।

मे ३ तारिख युरोपको समयअनुसार दिउसो ३ बजे भर्चुअल माध्यम मार्फत सो कार्यक्रम गर्न लागिएको हो।

प्रेस स्वतन्त्रता ,पत्रकारको सुरक्षाको सुनिश्चितता ,विश्वमा बदलिँदो परिस्थिति लगायतका बिषयमा चर्चा एवं विश्लेषण हुने सस्थाका अध्यक्ष केजिन राईले जानकारी दिए।

सो अवसरमा संघ-सस्थाका प्रमुख,प्रतिनिधि ,व्यवसायी,बुद्धिजीवी एवं सम्पूर्णलाई उपस्थित हुन सस्थाले विशेष आग्रह समेत गरेको छ।

Share
Scroll to Top