रुसतर्फ प्रहार भएका ११२ युक्रेनी ड्रोन नष्ट, आठ जना घाइते

रासस : रूसको रक्षा मन्त्रालयले शुक्रबार ११२ वटा युक्रेनी ड्रोनलाई खसालेको बताएको छ ।

मन्त्रालयका अनुसार बिहीबार रातिदेखि हवाई रक्षा प्रणालीले युक्रेनी ड्रोनहरू नष्ट गरेको र तीमध्ये २४ वटा रूसी राजधानी मस्कोतर्फ लक्षित आक्रमण थिए।

मस्कोबाट करिब ४५० किलोमिटर दक्षिणपूर्वमा रहेको लिपेट्स्क क्षेत्रमा आठ जना घाइते भएको क्षेत्रीय गभर्नर इगोर आर्टमोनोभले बताएका छन्।

रूसी उड्डयन प्राधिकरण रोसाभियत्सियाका अनुसार आक्रमणका कारण बिहीबार मस्कोका विभिन्न विमानस्थलहरूमा उडानहरू स्थगित गरिएको थियो।

किएभ र उसका पश्चिमी (यूरोपेली) सहयोगीहरूले रूसले युक्रेनमाथिको आक्रमणलाई बिना शर्त रोकी तत्काल युद्धविरामको प्रस्तावलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरिरहेका छन्।

रूसले अहिले क्रिमियाली प्रायद्वीपसहित युक्रेनका बिभिन्न भागमा आफ्नो नियन्त्रण कायम गरेको छ ।

Share
Scroll to Top