भारतीय टेस्ट टिमको कप्तानमा गिल

शुभमन गिल भारतीय टेस्ट टिमको कप्तान बनेका छन्।  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शनिबार गिलको कप्तानीमा इङ्ल्यान्ड टुरका लागि टिम घोषणा गरेको हो।

गिलको कप्तानीमा घोषित टिममा उपकप्तानको जिम्मेवारी रिशव पन्तले पाएका छन् । त्यस्तै टिममा यशस्वी जयसवाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु इसवार्न, करुण नायर, नितीश कुमार रेड्डी, रवीन्द्र जडेजा, ध्रुव जुरेल, वासिङ्टन सुन्दर, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, आकाश दीप, अर्सदीप सिंह र कुलदीप यादव रहेका छन्।

भारतीय कप्तान रोहीत शर्माले केही दिनअघि टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेपछि कप्तान खालि थियो।

Share
Scroll to Top