सहमति हुन नसकेपपछि नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघको पोखरामा जारी १०औं महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढेको छ।
निर्वाचन समितिले अपरान्ह ४ देखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको समय तोकेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। सोमबार बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान समय राखिएको छ । त्यसपछि मतगणनाको समय निर्धारण गरिएको छ।
महाधिवेशनबाट फेरि दोहोरिन चाहेका वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा देखिएको छ। तर, अझ पनि नेताहरू सर्वसम्मत नेतृत्व ल्याउने प्रयासमा छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन भन्दै थेवेलाई अध्यक्ष बनाउने र पुरीलाई पार्टीमा व्यवस्थापन गर्ने चर्चा भएपनि पुरीले मानिरहेका छैनन्।
