अनेसास पोर्चुगलको आयोजनामा निबन्धकार पन्तको निबन्ध सङ्ग्रह अफगानिस्तानको आगो लोकार्पण हुने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलको आयोजनामा निबन्धकार रामप्रसाद पन्त (आरपी)को निबन्ध सङ्ग्रह अफगानिस्तानको आगो लोकार्पण हुने भएको छ।

विगतदेखिनै साहित्यिक सृजना र रचनामा क्रीयासिल पन्तको विभिन्न समयमा संस्मरणात्मक निबन्ध सङ्ग्रहरु प्रकाशित हुदै आइरहेका छन।

सोही सन्दर्भलाई जोड्दै भोली जुन १ तारिख आइतबार लिस्वनको चर्चित रेस्टुरेन्ट एभरेस्ट रेस्टुरेन्ट आन्जोसमा सो निबन्ध सङ्ग्रह लोकार्पण हुन लागेको हो।

अनेसास पोर्चुगलले एक सूचना जारी गर्दै विभिन्न संघ -सस्थाका प्रमुख,प्रतिनिधि ,व्यवसायी बुद्धिजीवी ,साहित्यकार एवं पत्रकारहरुलाई उपस्थितिको लागि विशेष अनुरोध समेत गरेको छ।

हेरौंसस्थाको अनुरोध यस्तो रहेको छ:

सादर निमन्त्रणा !
नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय स्तरमा संरक्षण, संर्वद्धन तथा प्रर्वद्धन गर्ने उदेश्यका साथ अनेसास पोर्चुगलले विविध कार्यक्रम गर्दै आइरहेको अवगत नै छ। निबन्धकार रामप्रसाद पन्त (आरपी) को संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘अफगानिस्तानको आगो’ को लोकार्पण निम्न मिति, समय र स्थानमा हुने भएकोले उक्त कार्यक्रममा आतिथ्यता ग्रहण गरी कार्यक्रमको शोभा बढाइदिनुहुन स-विनय हार्दिक अनुरोध गर्दछौं ।

निम्नः
मितिः १ जून २०२५ आइतबार
समयः दिउँसो ३:०० बजे
स्थानः एभरेष्ट रेष्टुरेण्ट, आन्जोस
Everest Nepal, Rua Alvara Countinho 2B, Anjos 63, 1150-025 Lisbon, Portugal
सम्पर्क : +351,920146429, +351,920029870

@अनेसास पोर्चुगल परिवार

Share
Scroll to Top