पोर्चुगलमा स्थापित,सक्रिय सस्था किरात राई सोसाइटी पोर्चुगलले भब्य रुपमा साकेला चाड(उभौली पर्व) मनाएको छ।मे १९ तारिख सोमबार लिस्वनको चर्चित ठाउँ बेलस्बिस्ता पार्कमा सस्थाले सो कार्यक्रम गरेकोहो।
सयौं नेपालीहरुको उपस्थितिमा सो कार्यक्रम गरिएकोले यथार्थमा नेपालीत्व र नेपालीपनलाई विशेषरुपमा उजागर गरेको थियो।
किरात समुदायको कला,भेषभुसा,पोसाक ,कलात्मक नृत्य ,परम्परागत बाजा साच्चिकै मनोमहक रहेको थियो।दिपेश राई र अरून राईका अनुसार “प्रकृतिपूजक किरातीहरूले ,
पिता- पूर्खाको आशिर्बाद लिन ,
पूर्खालाई सम्मान गर्न ,
प्रकृतिलाई पुजा गर्न र
पूर्खाको बिरासत जोगाई राख्न !
‘साकेला उभौली मनाऊने प्रचलन अनुसार मनाइएको हो।
हरेक बर्ष २ पटक बालीनाली रोप्ने र भित्राऊने समयमा र हिऊद र बर्खा याममा चरा चुरूंगी हिमाल – तराई गर्ने भएकाले सो समयमा साकेला मनाईन्छ।अहिले यलम्बर किरात सम्बत – येलेदुंग ५०८५ को रूपमा मनाईने आदिम प्रचलन अध्याबधी रहेको छ ।
आगामी दिनमा आफ्नो पुर्खाको सत्कर्म,परम्परा र संस्कृतिलाई जोगाइराख्न कुनै कसर बाकी नराख्ने सस्थाका अध्यक्ष दिपेश राईले जानकारी दिए।
