मध्यपुर्व तनाव चुलियो,इरान र इजरायल दुबै तर्फबाट आक्रमण -प्रत्याक्रमण जारी,थुप्रै मानीसहरुको हताहती

मध्यपुर्व तनाव थप चुलिदै गएको छ।,इरान र इजरायल दुबै तर्फबाट आक्रमण -प्रत्याक्रमण जारी रहेको छ भने थुप्रै मानीसहरुको हताहती भएको समाचारहरु आइरहेका छन्।

गएराति मात्रै इरानले इजरायलको उत्तरी हाइफा बे क्षेत्रमा रहेको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा मिसाइल प्रहार गरेको छ। इरानी आक्रमणपछि उक्त क्षेत्रमा भीषण आगलागी भएको र मानिसहरू अड्किएका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले तस्बिर र भिडियोहरू भेरिफाइ गरिएको जनाएको छ।

इसराइलको आपतकालीन सेवा मगेन डेविड एडम का अनुसार इरानले चार स्थानमा आक्रमण गरेको थियो। तेल अभिभलगायतका क्षेत्रमा थुप्रै भवनमा क्षति पुगेको र कम्तिमा १४ जनाको मृत्यु भएको छ। बातयाम सहरमा मात्रै ६० भन्दा बढी भवनहरू क्षतिग्रस्त छन्।

यसैबीच, इसराइलले जवाफी कारबाहीस्वरूप इरानका ८० ठाँउमा हमला गर्दै उच्च सैन्य अधिकारी, आणविक वैज्ञानिक र सर्वसाधारण गरी २२० जनाभन्दा बढीको ज्यान गएको न्युयोर्क टाइम्स ले जनाएको छ। घाइतेको संख्या १,२०० नाघेको छ।

तेहरानस्थित इस्लामिक रिभोलुसनरी गार्ड कोर को कुर्द्स फोर्स कमान्ड सेन्टरमा समेत क्षति पुगेको जनाइएको छ।

युरोप र मध्यपूर्वका देशहरूले दुबै पक्षलाई आक्रमण रोक्न आग्रह गरेका छन्, किनभने स्थिति थप चर्किँदा अन्य मुलुकहरू पनि द्वन्द्वमा तानिन सक्ने जोखिम बढ्दै गएको छ।

Share
Scroll to Top