अदालतको आदेशपछि काममा फर्किए काठमाडौं महानगर प्रमुख पाण्डे

अदालतको आदेशपछि काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बिहीबार कार्यालयमा पुगेका छन्।
आफूलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि पाण्डे बिहीबार कार्यालय समयमै हाजिर भएका हुन्।

बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएपछि पाण्डे बिहीबार महानगर प्रहरी बलको कार्यालय पुगेर काम सुरु गरेका हुन्।

उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो।

Share
Scroll to Top