अनेसास पोर्चुगलको अधिवेशनले अध्यक्षमा एन बी अन्जनलाई गर्यो सर्वसम्मत चयन,महासचिवमा गौतम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल च्याप्टरको अधिवेशन सम्पन्न भएको छ ।

 अनेसासको विधान अनुरुप दुईबर्षे कार्यकालका लागि  अधिवेशनले सर्वसम्मत रुपमा एन बी अन्जान अध्यक्ष चयन गरेको छ। यसैगरी सागर शाह वरिष्ठ उपाध्यक्ष, उर्मिला कार्की उपाध्यक्ष, मणिराज गौतम महासचिव, ऋतुशला लामा सचिव, मुना नेउपाने कोषाध्यक्ष, सजु पौडेल बराल सदस्य, सुजन पण्डित सदस्य र प्रेम कोइराला सदस्य रहेको नौ सदस्यीय कार्यसमिति गठन गरेको छ। 

अनेसास केन्द्रीय महासचिव राजु सिटौलाको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशन  सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति रहेको थियो जसमा निवर्तमान केन्द्रीय सदस्य यादव देवकोटा संयोजक, पोर्चुगल सल्लाहकार अर्जुन श्री सदस्य र नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका महासचिव प्रेम लिम्बू सदस्य रहेका थिए।

निर्विरोध रुपमा निर्वाचन सम्पन्न भएको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई  केन्द्रीय महासचिव लगायतले शुभकामना व्यक्त गरेका थिए । आफ्नो कार्यकाल सबैको  सहयोग र सद्भावमा सफलतापूर्वक  पुरा भएको र अधिवेशन सौहार्दपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैप्रति निवर्तमान अध्यक्ष सवी श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभयो । अधिवेशन अनलाइन मार्फत् जुन १९ तारिख बिहीबार भएको थियो। 

नव निर्वाचित कार्यसमितिका लागि  पाँच  सदस्यीय सल्लाहकार समिति समेत चयन भएको छ। सल्लाहकार समितिमा सवी श्रेष्ठ, रविन अधिकारी, यादव देवकोटा, अर्जुन श्री र आरपी पन्त रहेका छन्।

Share
Scroll to Top