काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ ।
आइतबार बिहान पोखरेल निवासमा दुई नेताबीच दुई घण्टा लामो भेटवार्ता भएको हो । भेटमा नेपालमा कम्युनिस्ट आन्दोलनको समस्या, सहकार्य लगायतका विषयमा छलफल भएको छ।
महासचिव पोखरेललाई भेट्न विप्लव आइतबार बिहान नौ बजे शंकर पोखरेलको निवास पुगेका थिए ।
भेटमा पोखरेलले विप्लवको कृषि कर्मलाई आफूले सकारात्मक रूपमा लिएको बताएका थिए। दुई नेताबीच छलफललाई निरन्तरता दिने समझदारी पनि भएको छ।
