फिनल्यान्डको हेल्सिंकीमा नेपाली लगानीमा रविनतोला चौतारी रेस्टुरेन्ट खुल्ने भएको छ। उर्जाशिल युवा एवं युवा व्यवसायी बिष्णु अर्यालले सो रेस्टुरेन्ट संचालन गर्न लागेका हुन्।
नेपाली ,इन्डियन ,फिनिस लगायत विविध स्वादिष्ट परिकारहरु उक्त रेस्टुरेन्टमा स्वाद लिन पाइने छ।प्रवासमा नेपालीको पहिचान,नेपालीत्व झल्काउने,नेपाली खानाहरुको चिनारीलाई विशेष महत्व दिने उद्देश्यले सो रेस्टुरेन्ट खोल्न लागिएको संचालक विष्णु अर्यालले बताए।
झण्डै २०० जना अट्ने क्षमता रहेको रेस्टुरेन्टमा पारिवारिक वातावरणमा सेवाहरु प्रदान गरिनेछ भने ग्राहकले खोजेको,रोजेको सेवा दिन रेस्टुरेन्ट हरतरहले लाग्ने जानकारी दिइएको छ।
जन्मदिन ,विवाह,वार्षिकोत्सब लगायत विभिन्न किसिमका पार्टी प्रयोजनका निम्ति विशेष रुपमा हल पनि तयार पारिएको संचालक अर्यालले जानकारी दिए।
नमूना नेपालको तर्फबाट रविनतोला चौतारी रेस्टुरेन्टलाई व्यवसायीक सफलताको विशेष शुभकामना व्यक्त गर्द्छौ।।
हेरौ निकट भबिष्यमा खुल्न लागेको रेस्टुरेन्ट सम्बन्धमा विशेष जानकारी
सम्पूर्ण फिनल्यान्डवासीमा हार्दिक नमस्कार!
हामी हेल्सिंकीमा नयाँ रेस्टुरेन्ट खोल्न गइरहेका छौं – “रविनतोला चौतारी”
जहाँ तपाईंले नेपाली, इन्डियन लगायत विविध स्वादिष्ट परिकारहरू स्वाद लिन सक्नुहुन्छ।
हाम्रो रेस्टुरेन्टमा तपाईंका निम्ति:
🍛 स्वादिष्ट नेपाली खाना
🍲 मसलेदार इन्डियन परिकार
🎉 साथै विभिन्न किसिमका पार्टी, जन्मदिन, वार्षिकोत्सव, विवाह लगायतका विशेष कार्यक्रमहरूको लागि हल र क्याटरिङ्ग सेवा उपलब्ध छ।
पारिवारिक वातावरणमा मिठो खाना, रमाइलो माहोल – अब यही चौतारीमा!
आफ्ना कुनै पनि विशेष अवसरहरू अझ विशेष बनाउन हामीलाई सम्झनुहोस्।
📍 स्थान: हेल्सिंकी, फिनल्यान्ड
📞 सम्पर्क: +358452762601/+358456659911
📧 इमेल: [email protected]
📱 फेसबुक Ravintola Chautari
इन्स्टाग्राम: Ravintola Chautari
टिकटक: @ravintola chautari
रविनतोला चौतारी – जहाँ स्वाद, सेवा र सम्मान एकैसाथ पाइन्छ।
शीघ्र भेटौंला, धन्यवाद!
